×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इपिएल : पोखरा र ललितपुरबीचको खेल ढिला हुने

१३ आश्विन २०७८

१३ असोज, काठमाडौं ।

वर्षाका कारण मैदान ओसिलो हुँदा एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बुधबार) तय खेल ढिलाइ हुने भएको छ ।

Advertisement
Advertisement

तीन दिनदेखि लगातार वर्षा र त्यसका कारण मैदानको आउट फिल्ड पूर्ण रूपमा भिजेकाले बुधबारलाई तय भएको पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीचको खेल सुरु हुन सकेको छैन ।

प्रतियोगिताको सातौ खेलको टस बिहानी ९ः३० मा हुनुपर्ने भए पनि मैदान ओसिलो भएकै कारण ११ बजेसमेत टस हुन सकेको छैन । अब, यदि मैदान केही समयसम्म खेल्न लायकको भए ओभर घटाई खेल हुनेछ ।

यसअघि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिनसमेत वर्षाका कारण अवरुद्ध भएको थियो । दोस्रो दिन पोखरा र भैरहवाबीचको खेल ११ ओभर जारी रहँदा रद्द भएको थियो । यस खेलमा भने दुवै टोलीले अंक बाँडेका छन् ।

यसअघि काठमाठौं र विराटनगर तथा भैरहवा र चितवनबीचको तेस्रो दिनको दुवै खेलसमेत वर्षाको कारण रद्द हुँदा अर्काे मिति तोकिएको थियो ।

Advertisement

मंगलबार पोखरा र काठमाडौं किङ्स इलेभनबीचको खेल वर्षाकै कारण रद्द भएको थियो । आजै हुने दोस्रो खेलमा भैरहवा र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top