केवल टिभी व्यवसायीले भने- कुलमान घिसिङकाे दम्भका कारण मारमा पर्याैँ

१३ असाेज, काठमाडाैँ ।

केवल टेलिभिजन व्यवसायीहरुले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरुले सरकारले आफ्ना मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

व्यवसायीहरुले व्यवसायी मैंत्री र उपभोक्ता मैंत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरुसँग छलफल नै नगरी बिरोध आउने किसिमका नीति ल्याएको बताए । उनीहरुले पोलसम्बन्धी भाडा बढाइएको कुराले अफ्ठ्यारोमाथि अफ्ठ्यारो थपेको बताए । राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरुलाई काम नगर् भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको आँैल्याएका छन् ।

विद्युत प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरुले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रशारण नहुने बताए । कार्यक्रममा अन्य व्यवसायीहरुले कुलमान घिसिङ एउटा सफल र कुशल प्रशासक भए पनि उहाँमा दम्भ बढेको बताएका छन् । व्यवसायीले कुलमान घिसिङले आफ्नो दम्भका कारण केवल व्यवसायीहरुलाई मारमा पर्ने गरेर नीति ल्याएको बताए । सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरुले सबैको हीत हुनेगरी नीति निर्माण गर्न सुझाएका छन् ।

विद्युत प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन् । केवल टेलिभिजन व्यवसायी महासंघको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरु उपस्थित भएका छन् । उनीहरुले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरु बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top