भारतको सहयाेगमा पुनःनिर्माण भएका काभ्रेपलाञ्चोकका ६ वटा विद्यालयको उद्घाटन

Share this
805shares

१३ असाेज, काठमाडाैँ ।

Advertisement

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरुको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Advertisement

करिब साढे १९ करोड रुपैयाँभन्दा बढीको लागतमा बनेपा नगरपालिकाको आजाद माध्यामिक विद्यालय, पाँचखाल नगरपालिकाको श्री आजाद मध्यामिक विद्यालय, दुग्धेश्वर माध्यामिक विद्यालय र भगवति माध्यामिक विद्यालय तथा चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यामिक विद्यालय र पनौती नगरपालिकाको शारदा माध्यामिक विद्यालयको उद्घाटन गरिएको हो । विद्यालयको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँस्कोटाले भुकम्पपछि नेपाललाई भारत सरकारले निकै सहयोग गरेको भन्दै भारत सरकारप्रति नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरे । उनले नेपाल र भारतविचको सम्बन्ध बहुआयामिक भएको उल्लेख गरे ।

Advertisement

 

भुकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौंका शैक्षिक संस्थाहरु पुननिर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता अनुसार सो बिद्यालयहरु पुननिर्माण भएको भारतिय राजदूतावासले जनाएको छ ।

विद्यालय भवन उद्घाटन गर्दै भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तवले नेपालको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक धरोहर संरक्षणका लागि भारत सरकारले सहयोग गर्दै आएको बताए । नेपाल भारतको घनिष्ठ मित्र भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नेपाललाई हमेसा साथ दिन तयार रहेको प्रतिवद्धता व्यक्त गरे।

त्यसैगरी २०७२ सालकै भुकम्पबाट क्षतीग्रस्त पनौती नगरपालिकास्थित खोपासी प्राथमिक उपचार केन्द्रको पनि भारत सरकारको अनुदान सहयोगमा पुननिर्माण हुनेगरी भवन शिलान्यास गरिएको छ । साढे सात करोड रुपैयाँको लागतमा बन्न लागेको सो उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब पन्ध्र हजार जना मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरु प्रदान गर्न सक्ने बताइएको छ । उपचार केन्द्र सन् २०२२ को डिसेम्बरसम्मका निर्माण कार्य सम्पन्न गरिसक्नेगरी काम अघि बढाइने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top