किन बहिष्कार गर्‍यो एमालेले सर्वदलीय बैठक ? अरू को -को जाँदैछन् ?

१४ असोज, काठमाडौं ।

Advertisement

संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेपनि संसद्‍मा प्रतिनिधित्व गर्ने अन्य दल भने सहभागी हुने भएका छन् ।

एमालेले आफूले हटाएका १४ सांसदलाई कारबाहीको सूचना टाँस गरी सभामुख अग्निप्रसाद सापकोटाले मार्ग प्रसस्त नगरेसम्म संसद् गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने जनाएको छ ।

Advertisement

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सहभागी भएर संसद गतिरोध अन्त्यका लागि गरिने छलफलको कुनै औचित्य नभएकाले सहभागी नहुने बताए ।

उनले सभामुखसमेत यो प्रकरणमा दोषी रहेको भन्दै सभामुखले डाकेको छलफल पनि यसअघि बहिष्कार गरेको स्मरण गर्दै भने, ‘विगतमा सभामुखले डाकेको बैठकमा पनि गएनौँ, अहिले संसद् चलाउने विषयमा हुने भनिएको छलफलमा पनि हाम्रो सहभागिता रहँदैन ।’

Advertisement

एमालेले बहिष्कार गरेपनि सत्ता गठवन्धन दलका शीर्ष नेतासहित राप्रपा, नेमकिपा र लोकतान्त्रिक समाजवादी पार्टीले भने बैठकमा जाने बताएका छन् ।

अपराह्न ३ बजे डाकिएको बैठकमा संसद् गतिरोध हटाउने उपायमा छलफल गर्ने भनिएको छ । तर, संसद अवरोध गरिरहेको दल नै बैठकमा सहभागी नहुने भएपछि बैठकले कुनै निष्कर्ष निकाल्न सक्ने अवस्था भने छैन ।

बुधबार बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले भने एमाले सहमतिमा नआउने अवस्था आए संसद् चलाउनुको औचित्य नहुने भन्दै संसद् अधिवेशन अन्त्य गर्नुपर्ने निष्कर्ष निकालिसकेको सो पार्टीका नेता देव गुरुङले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top