पूरानै लयमा फर्किदै कतार, केही स्थानमा मास्क लगाउन नपर्ने

१४ असोज, दोहा ।

Advertisement

नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य कतारमा कोरोना महामारी दिन प्रतिदिन कम हुँदै गएको छ । योसँगै संक्रमण नियन्त्रणका लागि गरिएको प्रतिवन्ध खुकुलो पारिने भएको छ ।

कतारको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रतिबन्ध क्रमिक रुपमा खुकुलो पार्दै लाने निर्णय गरेको छ।

Advertisement

प्रधानमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल–थानीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले अक्टोबर ३ तारिखदेखि हुने सार्वजनिक कार्यक्रम, मार्केट, समारोह, मस्जिद, विद्यालय, अस्पताललगायत सार्वजनिक स्थानहरु बाहेक अन्य स्थानमा मास्क अनिवार्य नपर्ने निर्णय गरेको छ ।

सरकारी र निजी क्षेत्रका कर्मचारीहरु पूर्ण क्षमतामा आफ्नो कार्यस्थलमा फर्कन पाउने पनि निर्णय गरिएको छ । यस्तै खोप नलगाएका कर्मचारी र कामदारहरुको ¥यापिड परीक्षण गरिने भएको छ ।

Advertisement

५० वर्षभन्दा माथिकालाई बुस्टर डोज

कतारले ५० बर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज खोप लगाउने भएको छ । आठ महिनाभन्दा पहिले खोप (भ्याक्सिन)को दोस्रो डोज लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका सबै व्यक्तिहरुलाई बुस्टर डोज खोप लगाउन थालिने कतारको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

यहाँको प्राथमिक स्वास्थ्य सेवा कर्पोरेशनले योग्य व्यक्तिहरूलाई सीधै अपोइन्टमेन्ट सेट गर्न सम्पर्क गरिरहेको र स्वाथ्य मन्त्रालयले पनि उनीहरूलाई कोभिड–१९ विरूद्ध सुरक्षित रहन सुनिश्चित गर्न ढिलाइ नगरी बुस्टर डोज खोप लिन आग्रह गरेको जनाएको छ ।

कतारले यस प्रारम्भिक चरणमा ६५ वर्षभन्दा माथिका व्यक्तिहरू, दीर्घकालीन अवस्था भएका व्यक्तिहरु र गम्भीर संक्रमणको जोखिम रहेका व्यक्तिहरुलाई बुस्टर डोज खोप लगाइरहेको छ ।

अहिलेसम्म कतारमा ४७ लाख ८ हजार ८६७ डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि निःशुल्क रुपमा खोप लगाउँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top