गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टरमार्फत चामल ढुवानी

१३ असोज ७८, बिहीबार

१४ असोज, गोरखा ।

गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको छ ।

खाद्यान्नको सङ्कट देखिन थालेपछि चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ र ७ वडाका केही बस्तीमा नेपाली सेनाको हेलिकप्टरमार्फत चामल लगिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोरखा डिपोका सूचना अधिकारी शिव सुनारले बताए ।

चुम्चेतमा ३४ क्विन्टल र छेकम्पारमा ५९ क्विन्टल चामल लगिएको उहाँले जानकारी दिए । चामल वडाध्यक्षको जिम्मा लगाइएको कम्पनीले जनाएको छ । चुम उपत्यकाको छेकम्पार र चुम्चेत प्रवेश गर्ने नाकाअन्तर्गत लोक्पामा पहिरो जाँदा बाटो बन्द भएको हो ।

पैदलमार्गमै पर्ने सर्दिभिरको क्यान्टिलिभर पुलमा पनि पहिरोले क्षति पुर्याएपछि त्यहाँ खच्चडमार्फत गरिने खाद्यान्न ढुवानीको काम बन्द भएको हो ।

असार पहिलो हप्ता मनास्लु पदमार्गअन्तर्गत यारुबगर र जगत खण्डको पैदलमार्ग बुढीगण्डकी कटानका कारण बन्द भएको थियो । आउजाउमा सहजताका लागि दुवै ठाउँमा ग्याबिन जाली भरेर बाटो मर्मत भएसँगै खाद्यान्न ढुवानी सुरु भएको थियो ।

भदौ पहिलो हप्ताबाट लोक्पाको डुयुखोलामा पहिरो खसेर चुमनुब्री–६ चुम्चेत र वडा नम्बर ७ को छेकम्पार पुग्ने बाटो बन्द भएको हो ।

खच्चडमार्फत हुने खाद्यान्न ढुवानी रोकिएपछि दुई वडाका सबैजसो बस्तीमा खाद्यान्नको अभाव भएको हो । पहिरोले क्षति पुर्याएको क्यान्टिलिभर पुल मर्मतका लागि समन्वयको काम भइरहेको चुमनुब्री गाउँपालिकाले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top