×

NEPAL TIMES UPDATES

Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026

एमालेले बहिस्कार गरेकाे सर्वदलीय बैठकमा के भयो छलफल?

१४ आश्विन २०७८

१४ असाेज, काठमाडाैँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसदलाई निर्वाध र मर्यादित रुपमा अगाडी बढाउन भुमिका खेल्न प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)लाई आग्रह गरेको छ ।

Advertisement
Advertisement

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई नेकपा(एमाले)ले बहिष्कार गरेको थियो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) बैठकमा अनुपस्थित भएर संवाद र वार्ताबाट भाग्न खोजेको बताए।

बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रुपमा सञ्चालन गर्नका लागि प्रमुख प्रतिपक्ष दल(नेकपा) एमालेले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले बताए। संघीय संसदको दुवै सदमा जनताको दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरु थन्किएको भन्दै उनले अहिले संसदको बैठक आवश्यकता रहेकाले आवश्यकताको महसुस गर्दै आगामी दिनमा बैठकमा उपस्थिति हुने विश्वास व्यक्त गरेको पनि उनले उल्लेख गरे । उनले भने – ‘प्रधानमन्त्रीज्यूले आयोजना गरेको बैठकमा पनि उहाँहरु अनुपस्थित हुनुभएको छ । यसले उहाँहरु संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । जुनकुरा अहिले मुलुकको आवश्यकता भन्दा भिन्न छ । र आज संसदमा उपस्थित सम्पूर्ण राजनीतिक दलका नेताहरुको उपस्थिति थियो । र यो उपस्थितिमा सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ, उहाँ आज अनुपस्थित भएपनि फेरी फेरी पनि म उहाँलाई आमन्त्रण गर्छु । उहाँ आउनुहुनेछ र आफ्नो कुरा राख्नुहुनेछ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको छ । आजको बैठकको निचोड के छ भनिदेखि संघीय संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडी बढाउनका निमित्त प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) र खासगरी यसका नेता पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भुमिका निर्वाह गरोस् भन्ने आजको आग्रह छ । र अहिले संसदमा प्रतिनिधि सभामा ३३ वटा विधेयकहरु छन् । जुन विधेयक नेपाली जनताका दैनिक आवश्यकतासँग सरोकार राख्ने विधेयकहरु हुन् । त्यस्तै गरेर राष्ट्रिय सभामा २७ वटा विधेयकहरु छन् । अहिले यि विधेयकहरु अन्योलको अवस्थामा छन् । यस किसिमको परिस्थितिमा अहिले संघीय संसदको बैठक आवश्यक छ र यो आवश्यकतालाई महसुस गरेर आगामी हुने बैठकहरुमा उहाँहरुको उपस्थिति होला भन्ने विश्वास हामीले लिएका छौँ ।’

Advertisement

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सर्वदलीय बैठकमा प्रतिपक्ष दल अनुपस्थिति भएपनि आगामी दिनमा पनि प्रतिपक्ष दलसँग सम्वाद गर्ने बताएको प्रवक्ता कार्कीले जानकारी दिए ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top