संसदमा एमालेको अवरोध कायमै, आजपनि प्रतिनिधिसभामा अवरोध

Share this
756shares

१४ असाेज, काठमाडाैँ ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीवारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् ।

सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषयमाथि संसदहरुको कुनै पनि सदनमा छलफल गर्न बन्देज गरिएको बताए पनि प्रमुख प्रतिपक्ष दलले नाराबाजी जारी राख्दै स्ंसद अवरोध गरेको हो ।

Advertisement

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घका प्रावधानहरु सबै सांसदहरुले पालना गर्न अनुरोध गरेका थिए । एमाले सांसदहरुको बिरोधकाबीच उनले राष्ट्रपतिको कार्यालयबाट अध्यादेश खारेज र विधेयकहरु प्रमाणीकरण भएको कुरा जानकारी गराए ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक असोज १९ गते मंगलवार दिउँसो १ बजे बस्ने भएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top