×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विदेश घुम्न जाँदा २ सय ५० डलर भए पुग्ने ?

१४ आश्विन २०७८

१४ असाेज, काठमाडाैँ ।
चाडबाड नजिकिएको अवस्थामा निर्यात भन्दा बढी आयात हुने भएपछि सरकारले विदेशी मुद्राको संचिति बढाउन विदेशी मुद्रा विनिमयमा अप्रत्यक्ष रुपमा कडाई गरेको छ । सरकारले यसैलाई ध्यानमा राखेर पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटाएको छ ।

सरकारले अब पर्यटन भिसामा विदेश घुम्न जानेहरुलाई उनीहरुले मागे अनुशार डलर नदिने भएको छ। सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार ती मुलुकमा जाने व्यक्तिको हकमा अब २५० अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्नेछ ।

Advertisement
Advertisement

खर्च व्यहोर्ने व्यक्ति वा संस्था सबैको व्यहोरा खुलेको पत्र भए, त्यो पनि आवश्यक नपर्ने उनले बताए । यसअघि ती मुलुक जान पनि ५ सय डलर सटहीको आवश्यकता पर्ने गरेको थियो । युरोप, अमेरिका, जापान, कोरिया लगायतका मुलुकमा जाने व्यक्तिको हकमा चाहिं पहिले झैं ५ सय डलर न्यूनतम विदेशी मुद्रा सटही गरेको हुनुपर्ने भनिएको छ । कार्यविधिको दफा ३.१ को उपदफा (२) मा (घ १) थप्दै विदेशी मुद्रा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्न सकिने भनिएको छ । तर सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर अनिवार्य आयस्रोत खुलाउनुपर्ने भनिएको छ ।

साउन महिनासम्मको तथ्यांकमा विदेशी मुद्राको सञ्चिति धेरै नै घटेको देखिएको छ । लकडाउन खुलेपछि आयात बढ्दा नेपालको व्यापार घाटा डरलाग्दो गरी बढ्दा यसको असर विदेशी मुद्रा सञ्चितिमा परे पनि अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई डलरको सटही कम गर्न निर्देशन नै भने नदिइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पौडेलले निर्देशन नै नदिइकन कडाई भयो भन्न नमिल्ने बताएका छन् । तर विदेशी मुद्रा सञ्चिती घट्दा सतर्क भएको उनले बताएका छन् ।

राष्ट्र बैंकको बुझाईमा विदेशी मुद्रा सञ्चिति विलासी गाडी र अन्य विलासिताका सामानहरु किन्नलाई होइन । मेडिकल सामानहरु र औषधि उपचार जस्ता अति आवश्यकीय वस्तु तथा सेवा आयात गर्नको लागि मात्रै खर्च गर्नुपर्ने भए पनि आयात बढिरहेकाले राष्ट्र बैंकले निगरानीमा राखेको बताइन्छ । चालु आर्थिक वर्षको पछिल्लो दुई महिनाको तथ्यांक हेर्दा सुन तथा चाँदी आयातमा बढी विदेशी विनिमय सञ्चिति खर्च भएको देखिन्छ । वैदेशिक रोजगारीमा जाने कामदार खासै नबढेकाले प्रति कामदार २ सय डलर पठाउनुपर्ने पैसा पनि जोगिएको एवम् विदेशमा अध्ययनको लागि जाने विद्यार्थीहरु पनि खासै ठूलो संख्यामा नगएकाले व्यापार घाटा बढेर नै सञ्चिति घटेको हुनुपर्ने राष्ट्र बैंकको ठहर छ ।

Advertisement

चालु आव साउन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ९ महिना १० दिनको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पुग्ने राष्ट्र बैंकले जनाएको छ । असार महिनासम्म विदेशी मुद्राको सञ्चिती १४ महिनाको वस्तु आयात धान्न सक्ने थियो । गत असार महिनासम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती रहेको छ । साउनसम्म आइपुग्दा ३.२ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । साउन महिनामा रेमिट्यान्स पनि २३ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपियाँ मात्र भित्रिएको छ । असार महिनामा झन्डै १ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top