भेडा च्याङ्ग्राको मूल्यवृद्धि

१३ असोज ७८, बिहीबार

१४ असाेज, म्याग्दी ।
महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्‍ग्राको मूल्य पनि आकासिएको छ ।

तिब्बतबाट च्याङ्‍ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले जानकारी दिए । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले यसवर्ष जिल्लामै भेडा च्याङ्ग्राको अभाव देखिएको बताए ।

“लोमान्थाङ्गबाट आज मात्रै केही भेडा च्याङ्‍ग्रा मुस्ताङ झार्दै गरेको जानकारी पाएको छु” अध्यक्ष तुलाचनले भने, “गतवर्ष व्यापारीले रु २७ हजार प्रति गोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक रु ३५ हजार भन्दामाथि पुगेको जानकारी आएको छ ।”

मूल थलोमै महँगो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्नसक्ने उनको भनाइ रहेको छ । गतवर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकोले यसवर्ष जिल्लामा पनि धेरै भेडाच्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

कोभिड–१९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्याङ्‍ग्रा मुस्ताङ आउन नपाएको एक दशकदेखि भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आएका गुञ्जा तेन्जिङले बताए । पाँच दिन अघिमात्र मुस्ताङबाट सरुवा भई म्याग्दीको बेनी भेटेरिनरी अस्पताल तथा पशु विकास केन्द्रमा आउनुभएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा जिल्लामा पालिएका भेडा च्याङ्‍ग्रा मात्रै ढिलोगरी बजारमा आउने भएका छन् ।

उनका अनुसार सो जिल्लामा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य रु ३५ हजारदेखि ३९ हजारसम्म रहेको छ । सामान्य अवस्थामा व्यापारीले दसैंलाई लक्षित गर्दै तिब्बतबाट च्याङ्‍ग्रा ल्याउने गरेकामा यसवर्ष यस्तो नभएको उनको भनाइ छ ।

सामान्य अवस्थामा मुस्ताङ र तिब्बत बीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण यस वर्षको व्यापार नभएको व्यापारीले बताएका छन् । गत जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीले किन्ने र च्याङ्ग्रा नेपालीले किनेर पाल्ने गरेको भए पनि यसवर्ष त्यो मेला हुन नपाएको सङ्घका अध्यक्ष तुलाचनले जानकारी दिए । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने जनाउँदै प्रायः उपभोक्ताले भेडाच्याङ्ग्राको मासु खोज्ने गर्दछन् ।

-धुर्वसागर शर्मा/रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top