जबज जनवादी कार्यक्रम थियो, अझै उतिकै सान्दर्भिक छ : बादल

१४ असाेज, काठमाडाैँ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ । बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताएका हुन् । उनले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु लागू हुनुपर्ने बताए । उनले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै नेता बादलले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताए । उनले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउँदै उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने बताउँदै जबजका बारेमा राष्ट्रिय विधान महाधिवेशनमा प्रश्तुत गरिने बताए ।

स्थायी कमिटी सदस्य थापाले भने, ‘जबजको कार्यक्रमा त्यसबेला जनवादको कार्यक्रम थियो र समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि थियो,त्यसैले तीनवटा कार्यक्रमका विशिष्ट रुपहरुलाई जबजको कार्यक्रम हो, पहिलो कार्यक्रम,हामीले जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि, गणतन्त्रको स्थापना गरिसकेपछि हामीले सामन्तवादका अवशेषहरुको अन्त्य गर्ने कार्यक्रमहरु लागू गर्नुपर्छ भन्ने कुरा त्यसैबेला तय गरिएको थियो, जबजको कार्यक्रमको रुपमा,२०४९ सालको कुरा हो, पाचौँ महाधिवेशनमा अघि सारिएको थियो, मदन भण्डारी कमरेडद्वारा प्रश्तुत गरिएको कार्यक्रम थियो, दोस्रो,क्रान्तिकारी उपलब्धीहरुलाई सुदृढ गर्ने, र नेपाललाई द्रुत गतिमा विकास गर्ने कार्यक्रम भन्दा राष्ट्रिय पूँजीको विकास गर्ने, उत्पादक शक्तिहरुको विकास गर्ने, हामी एकैपटक समाजवादी कार्यक्रम लागू गर्न सक्दैनौँ,त्यसकारण समाजवादमा अघि बढ्नको निम्ति त्यसको पूर्वाधारहरु विकास गर्न जरुरी हुन्छ, त्यसका भौतिक, आर्थिक पूर्वाधारहरु विकास गर्न जरुरी छ, त्यसकारणले यसलाई राजनीतिक उपलब्धिहरुलाई सुदृढ गर्ने र देशको राष्ट्रिय पूँजीको विकास गर्ने कुराहरुलाई अगाडि सारिएको थियो, त्यो अहिले पनि सान्दर्भिक छ र अहिले पनि उत्पादक शक्ति र राष्ट्रिय पूँजीको विकास गर्ने कार्यक्रमहरु अघि लिएर जानुपर्छ ।’

स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताए । उनले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताए । स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top