तारा एअरको नयाँ ट्विनअटर विमान शनिबार साँझ काठमाडौं अवतरण गरेको छ । कम्पनीको नयाँ भाइकिङ ४०० श्रृंखलाको विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं आइपुगेको हो ।
विमानको चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे, पवन सिंह नगरकोटी तथा प्रविधिक सहयोगार्थ इन्जिनियर जगत लामा रहेका छन् । भाइकिङ ४०० श्रृंखलाको ट्विनअटर विमानले लुक्ला, डोल्पा, रारा लगायतका विमानस्थलमा उडान भर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।