×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साफका सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ : कप्तान किरण

१४ आश्विन २०७८

१४ असाेज, काठमाडौं ।

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेन्जोङ)ले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनलमा पुग्ने टोलीको योजना रहेको बताएका छन् । बिहीबार प्रतियोगिताको प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै उनले साफका सबै खेल महत्त्वपूर्ण हुने बताएका हुन् ।

Advertisement
Advertisement

उनले भने, ‘साफका सबै खेल महत्त्वपूर्ण हुनेछन् । हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ ।’  १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ च्याम्पियनसिप भोलिदेखि माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् । नेपालले भोलि नै राति ९ः ३० बजे आयोजक माल्दिभ्सको सामना गर्नेछ ।

खेलअघि बोल्दै कप्तान किरणले नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो तालमेल रहेको र उत्कृष्ट नतिजाका लागि खेल्ने बताए । ‘हामीसँग युवा तथा अनुभवी खेलाडीको राम्रो तालमेल छ । हामी उत्कृष्ट नतिजाका लागि मैदानमा उत्रनेछौँ ।’

यस्तै, किरणले माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको फाइदा हुने भए पनि त्यसले खासै नेपाली टोलीलाई फरक नपर्ने प्रतिक्रिया दिए ।

यता, नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको तयारी राम्रो रहेको बताउँदै सुरुवाती खेलमा माल्दिभ्ससँग खेल्न कठिन हुने बताए । प्रशिक्षक किरणले प्रतियोगिताको बलियो टोली इण्डिया र माल्दिभ्स रहे पनि आफूहरूले उपाधि दाबेदारी प्रस्तुत गर्ने बताएका छन् ।

प्रि-म्याच पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तुताइरी भने अनुपस्थित थिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top