विद्युत प्राधिकरणले पोलभाडा बढाएपछि केवल व्यवसायीहरु संघर्षको तयारीमा

१४ असाेज, काठमाडाैँ ।

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग,आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको छ ।

बिहीवार केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेला २०७८ द्वारा पारित काठमाडौं घोषणा पत्र २०७८ जारी गर्दै महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग,आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेकोमा आपत्ति जनाएको हो ।

राष्ट्रिय प्रशारण ऐन २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रशारणको अनुमति नलिइ कार्यक्रम प्रशारण गर्न नपाइने भन्दै महासंघले गैरकानूनी प्रसारणले सबै केवल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्था आएको भन्दै गैरकानूनि कार्यहरु अविलम्ब बन्द गराउने माग गरेको छ ।

घोषणा पत्र जारी गर्दै महासंघका अध्यक्ष ध्रुव शर्माले नेपाल सरकारले विद्यमान राष्ट्रिय प्रशारण ऐन, २०४९ लगायतका प्रशारण सम्बन्धी सम्पूर्ण कानूनि व्यवस्थाको पालना गर्न लगाउने र सरकारले गैरकानूनि प्रशारण तत्काल बन्द गर्नुपर्ने बताए। उनले ‘राइट अफ वे’ लगायतका विषयमा गम्भीर अध्ययन नै नगरी तथा सरोकारवाला निकायहरुसँग छलफल नै नगरी एकतफी रुपमा नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएको भन्दै तत्काल मूल्य वृद्धि रद्ध गर्नुपर्ने माग राखे ।

अध्यक्ष शर्माले भने, ‘राष्ट्रिय प्रशारण ऐन २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रशारणको अनुमति नलिइ कार्यक्रम प्रशारण गर्न पाइँदैन, तर इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग,आईपीटीभी र भीओडी लगायतले प्रशारणको अनुमति नलिइ प्रशारण गरिरहेका छन्, यसरी भएको गैरकानूनि प्रशारणले गर्दा सम्पूर्ण केवल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्था सिर्जना भएको हुँदा त्यस्ता गैरकानूनी कार्यहरु अविलम्ब बन्द गराइ गैरकानूनी कार्य गर्ने उपर आवश्यक कारबाही गरी नेपाल सरकारले विद्यमान राष्ट्रिय प्रशारण ऐन, २०४९ लगायतका प्रशारण सम्बन्धी सम्पूर्ण कानूनी व्यवस्थाको पालना गर्न लगाउने र सरकारले त्यस्ता गैरकानूनी प्रशारण तत्काल बन्द गराउन यो राष्ट्रिय भेला आग्रह गर्दछ ।’

अध्यक्ष शर्माले केवल व्यावसायीहरुको हक हीतको संरक्षणको सम्बन्धमा आवश्यक छलफल र परामर्श गर्ने बताए । उनले सहज ढंगबाट सरकारले कार्यान्वयन नगरेमा संघर्षका लागि ९ सदस्यीय संघर्ष समिति गठन गरेको समेत बताए। ९ संघर्ष समितिको संयोजकमा दिनेश सुवेदी, सदस्यसमा हरिप्रसाद पौडेल, मनोज गुरुङ्ग, सनोज श्रेष्ठ, दपेश सुवेदी, पवनकुमार शाह, पुष्पलाल श्रेष्ठ, महाप्रसाद सुवेदी र मनोहरी योगी रहेका छन् । बुधवारबाट काठमाडौंस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेला बिहविर सकिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top