×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

हैदराबादलाई हराउँदै चेन्नई आईपीएलको प्लेअफमा

१५ आश्विन २०७८

१५ असाेज, एजेन्सी ।

सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफमा पुगेको छ । चेन्नई शीर्षस्थानमा रहँदै आइपिएल २०२१ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

Advertisement
Advertisement

 चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले छक्का प्रहार गर्दै तीन खेल अगावै प्लेअफमा स्थान बनाएका छन् । यो हारसँगै सनराइजर्स हैदराबादको शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सम्भावना सकिएको छ ।

जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ३८ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । फाफ डु प्लेसिस ३६ बलमा ३ चौका र २ छक्का सहित ४१ रनमा आउट भए । कप्तान महेन्द्रसिंह धोनी ११ बलमा १ चौका र १ छक्का सहित १४ रनमा अविजित रहे । अम्बाती रायुडू १३ बलमा १ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे ।

चेन्नईलाई ओपनर फाफ डु प्लेसिस र ऋतुराजले १०.१ ओभरमा ७५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । मोईन अली १७ र सुरेश रैना २ रनमा आउट भए । हैदराबादका जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । राशिद खानले १ विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । हैदराबादका विकेटकिपर तथा ओपनर ऋद्धिमान शाहले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए ।हैदराबादका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर जेसन रोय २, केन विलियम्सन ११, प्रियम गर्ग ७, अभिषेक शर्मा र अब्दुल सामद १८–१८ रनमा आउट भए । राशिद खान १३ बलमा २ चौका सहित १७ रनमा अविजित रहे । प्रमुख ब्याटर डेविड वार्नर खराब लयको कारण टोलीमा थिएनन् । चेन्नईका तीव्र गतिका बलर जोश हेजलवुडले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । मध्यगतिका बलर ड्वेन ब्राभोले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । शार्दूल ठाकुर र रविन्द्र जडेजाको नाममा १–१ विकेट रह्यो ।

Advertisement

चेन्नई खेलेका १२ संस्करणको आइपिएल मध्य ११ औं पटक प्लेअफमा पुगेको हो । २०२० बाहेक अन्य सबै संस्करणमा चेन्नईले सहजै प्लेअफमा स्थान बनाएको थियो । चेन्नईले तीन आइपिएल उपाधि जितेको छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top