चीनबाट एक सय ७० वटा भेडा च्यांग्रा भित्रिए

१५ असोज, रसुवा ।

चीनसँगको अन्तरर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडा च्यांग्रा नेपाल भित्रिएका छन् । दशैँ नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडा च्यांग्रा नेपाल भित्रिएका हुन् ।

बिहीबार चीनबाट एक सय ७० वटा भेडा च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले जानकारी दिए । दुई सय भेडा च्यांग्राको माग गरिए पनि थोरै संख्यामा नेपाल भित्रिएको उनले बताए ।

’चीनतर्फ सम्पर्क राखेर भेडा च्यांग्रा ल्याइदिन माग गरेका थियौँ, रसुवागढी नाकासम्म उतैबाट ल्याइदिनुभयो, भेडा च्यांग्राको शुक्रबार भन्सार गछौँ, उनले भने ।’

विगतका वर्षभन्दा यो वर्ष भेडा च्यांग्राको मूल्य महंगो परेको न्यौपानेले बताए । गत वर्षको तुलनामा यो वर्ष चीनमै तीन हजारदेखि तीन हजार पाँच सय सम्म बढी मूल्य परेको उनले बताए ।

नेपाल भित्रिएको प्रतिभेडा च्यांग्राको मूल्य २८ हजारदेखि ३२ हजारसम्म मूल्य पर्ने उनले बताए । ‘गतवर्ष भन्दा यो वर्ष महंगो परेको छ, पहिला १२–१३ सय प्रतिकिलो पर्थ्यो भने अहिले १७–१८ सय पर्ने देखिएको छ, उनले भने ।’

चीनबाट यो बाहेक अरू भेडा च्यांग्रा नआउने उनले बताए । ‘नाका बन्द छ, पहिला जस्तो हामी आफै जान पाएका छैनौँ, फोन सम्पर्कको भरमा निकासी गर्नुपरेको छ,’ उनले भने, ’माग गरिएका अन्य सामान त आएको छैन् भने यो ल्याउन पनि धेरै समस्या भयो ।’ तिब्बतबाट प्रत्येक वर्ष भेडा च्यांग्रा आयात हुँदै आएको छ ।

सुरुमा प्रतिभेडा तथा च्यांग्रा सात सय रुपैयाँमा आउने गरेकोमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमि आएको छ । कोभिड–१९ सुरु हुनुपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्यांग्रा आयात गर्ने गरेका थिए ।

केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेका थिए । नेपाली व्यापारी भेडा च्यांग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्ने गरेका थिए ।

पछिल्लो समय बढी मूल्य पर्ने र झन्झटिलो भएकाले आयातमा कमि आएको व्यापारी बताउँछन् । २०७० सालमा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० वटा र २०७४ सालमा ५५ वटा तथा २०७५ मा चार सय ७० वटा, २०७६ मा दुई सय ९० वटा भेडा च्यांग्रा आयात भएको तथ्यांक छ । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा च्यांग्रा आयात हुने गरेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top