एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

१४ असोज ७८, शुक्रबार

१५ असोज, काठमाडौं ।

नेकपा एमालेको शुक्रबारदेखि सुरु भइरहेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन्। शुक्रबार बिहान आफू निटक नेताहरुसँग बानेश्वरमा भेला गरेका उनले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताए।

’म विधान महाधिवेशनमा सहभागी हुँदिनँ,’ साहले नेपाल लाइभसँग कुरा गर्दै भने, ’म मात्रै होइन, हाम्रो टिमको कोही पनि सहभागी हुँदैनन्।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेकपा दुई पक्षमा विभाजित थियो। सुरुवातमा ओलीको कदमको विरोध गरेका साह पछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षसँग असन्तुष्ट भएका थिए। लगत्तै उनी ओली मन्त्रिपरिषद्को सदस्य बनेका थिए।

केही महिनायता उनले ओली नेतृत्वको एमालेलाई नेकपाको निरन्तरताको रुपमा लिनुपर्ने र त्यही अनुसारको नीति हुनुपर्ने बताउँदै आएका थिए।

तर, त्यसलाई ओलीले मुखले स्वीकार गरे पनि व्यावहारिक रुपमा भने हिजोकै एमालेलाई निरन्तरता दिएको साहको बुझाइ छ। ओलीले आफूलाई दिएको बचनबाट पछि हट्दै धोका दिएको बुझाइमा साह छन्।

एमालेमा असन्तुष्ट भएका उनले आईटी आर्मीका नाममा प्रदेश २ का जिल्लाहरुमा गतिविधि गर्दै आएका छन्। यसैबीच साहले एमालेसँग ८ बुँदे फरक मत प्रस्तुत गरेका छन्।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top