१५ असाेज, काठमाडौं ।
नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीसहित सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएकाे छ ।
मण्डलमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् । अध्यक्ष मण्डलमा एमाले उपाध्यक्ष भीम रावल भने समेटिएका छैनन् ।
माधव नेपाल पक्ष छोडेर एमालेमा बसेका रावल १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने र आफूले पाएको पुरानो जिम्मेवारी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी फिर्ता हुनुपर्ने बताउँदै आएका छन् ।


