राजपरिवारको सदस्यता त्यागेर सामान्य नागरिकसँग विवाह गर्दै जापानी राजकुमारी

१५ असोज ७८, शुक्रबार
Share this
669shares

१५ असोज, एजेन्सी ।
जापानी राजकुमारी माकोले राजपरिवारको सदस्यता त्याग्दै आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले जनाएको छ ।

Advertisement

माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो।

राजपरिवारको सहमति पश्चात राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह हुने भएको हो। जापानमा राजपरिवारका सदस्यले सर्वसाधारणसँग विवाह गर्दा महिला र पुरुषलाई भेदभावपूर्ण नियम छ। महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषले पर्दैन। यसै कानुनमा रहेर माकोले आफ्नो उपाधि त्याग्दै कोमुरोसँग विवाह घोषणा गरेकी हुन्।

Advertisement

कोमुरो अमेरिका, न्युयोर्कमा वकिल छन्। माको र उनी बिहेपछि अमेरिका नै सर्ने कुरा छ। राजकुमारी माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो सन्तान हुन्। विद्यावारिधि गरिरहेकी उनी संग्रहालय अनुसन्धानकर्ताको रूपमा काम पनि गर्दैछिन्।

माको र कोमुरो दुवै २९ वर्षका छन्। उनीहरूको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो। कोमुरोसँग पहिलो भेटमै आकर्षित भएको भन्दै माकोले विवाहको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा भनेकी थिइन्, ‘उनी सूर्यजस्तै मुस्काउँछन्, चम्किला। मलाई सानैदेखि थाहा थियो, मैले गैर राजकीय व्यक्तिसँग विहे गरेँ भने उपाधि गुमाउँछु। यी सबै छाडेर म विवाह गर्दैछु।’

Advertisement

कोमुरोले पनि राजकुमारी माकोलाई हेर्दै भनेका थिए, ‘उनलाई म चन्द्रमा जस्तो हेरिरहन्थेँ, हेरिरहन्छु।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top