एमाले विभाजनको योजनाकार माधव नेपाल हुन्ः ओली

१५ असाेज, काठमाडाैँ ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागत योग्य काम गरेको टिप्पणी समेत गरे ।

पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले भने, ‘पार्टी एकता जोगाउनका लागि प्रर्दशित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनु भएका अधिकांश कमरेडहरु त्यसलाई अस्विकार गरेर एकताको पक्षमा उभिनु भएको छ । यो स्वागतयोग्य निर्णय हो ।’

Advertisement

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरुले सकारात्मक योगदान पु¥याएको पनि स्पष्ट पारे । उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको दावी समेत गरे ।

माधवका लागि अदालत, निर्वाचन आयोग र सभामुख सहयोगी भए

Advertisement

उनले त्यस्ता खालका गतिविधिको आफनो पार्टीले कानुन सम्मत ढंगले प्रतिवद्धत गर्ने चेतावनी समेत दिए । अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेलाई विभाजन गराउन र उनीहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको समेत सहयोगी भूमिका रहेको छ, जसलाई हामीले कानुनसम्मत प्रतिवाद गर्नेछौं ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top