×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

बुद्ध एयरमा देखिएको समस्या के हो ? सरोकारवाला के भन्छन् ?

१५ आश्विन २०७८

१५ असाेज, काठमाडाैँ ।

नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो ।

Advertisement
Advertisement

बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश
छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए । उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको बताए । सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकोले कहिलेकाहीँ केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गरे । उपसचिव लामिछानेले भने, ‘अस्ति बुद्ध एयरको जुन एउटा घटना भयो,अहिले हामी सबै त्यसको इन्भेष्टिगेशनको चरणमा छौँ, अनुसन्धान पूरा भएपछि भन्ने ठाउँ त भइ नै हाल्छ,अस्तिको घटना एउटा प्रिन्सीपल्ली हेर्दा दुर्घटना कसरी हुन्छ ? भन्ने कुरामा यो त जब इन्जिन स्टार्ट हुन्छ, तब घटनाहरु हुन शुरु हुन्छन्,त्यहाँ मिसिन हुन्छ, मान्छे हुन्छन्, आकाशमा, बादल लगायतका धेरै चिजहरुको सम्मिश्रण हुँदा,घटनाहरु हुने सम्भावना भइरहन्छ,कति घटनाहरु रेगुलेटरलाई पनि थाहा हुँदैन,कति कुराहरु पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ,कति अप्रेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ,साना घटनाहरुलाई हामी इरर भन्छौँ, अस्तिको कुरा इरर हो ।’

उड्ययन प्राधिकरणलाई हित हुने सुझाव माग
छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए । उनले नागरिक उड्ययन प्राधिकरणलाई हित हुने गरेर राम्रो सुझाव आए सहस्र स्वीकार्ने बताए । महानिर्देशक क्षेत्रीले भने, ‘हाम्रो पार्टबाट हामीले कहीँ कतै कमजोरी छोडेका छैनौँ,विगतको घटनाहरु म भन्न चाहन्न,तर अहिले राजुजीको जुन टीम छ, प्लस हामीले बाहिरबाट पनि ल्याएका छौँ, उहाँहरुले आफ्नो काम गरिरहनुभएको छ, यस्तो मिटिङबाट राम्रो सुझाव आए हामी अलाउड गर्न तयार छौँ ।’

बुद्ध एयरको अनुशन्धान हुदैछ केही भन्न मिल्दैन
त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताए । उनले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘हालसालैको जुन घटनाको कुरा आयो,घटनाको छानबिन रिपोर्ट नआएसम्म त्यसमा हामी त्यति कमेन्ट गर्दैनौँ, छानबिनमै रहेकोले त्यसबारेमा चर्चा, परिचर्चा गर्दैनौँ,जहाजको मर्मत सम्हारको कुरामा जहाजलाई निर्माण गर्ने क्रममा जहाजको सबै पार्टपूर्जाको लाइफ तोकेको हुन्छ, ल्याण्डिङ, त्यसको पार्टपूर्जामा समय तोकिएको हुन्छ,त्यसपछि त्यो जहाजको जन्मकुण्डली भयो, यो जहाजको उमेर यति हो ।’

बुद्ध एयरको घटना अपवाद
यति एयरलाइन्स प्रा.लि.का अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नु भन्दाअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकोले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए । कहिलेकाहीँ यस किसिमका घटनाहरु सबै परीक्षण गरिसकेपछि पनि हुने उनले बताए । उनले भने, ‘ठाउँठाउँमा स्टेशनहरुमा इन्जिनियर, टेक्निसियन्सहरु हुनुपर्छ, हरेक पाइलट, इन्जिनियरहरुको लाइसेन्स हुन्छ, नभएकोले केही गर्न पाउँदैन,उड्नुभन्दा अघि सबै परीक्षण हुन्छ,त्यहाँ इन्जिनियरले फिक्स नगरीकन उड्दैन, पाइलटले पनि चेक गरेको हुन्छ,एक ठाउँमा विमान चेक गरेपछि त्यो दिनभर गरिरहनु पर्दैन ।’

श्री एयरलाइन्स प्रा.लि.का अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताए । उनले सधैँ आइरहनु ठूलो समस्या भएको तर कहिलेकाहीँ देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताए । उनले १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताए । अध्यक्ष मित्तलले भने, ‘काहीँ लामो यात्रामा जाँदा गाडीको पनि सबै पार्टहरु चेक गरिन्छ,त्यो हुँदाहुँदै पनि गाडीको पनि त ब्रेकफेल हुन्छ नि,बेलाबेलामा असाधारण रुपले, साधारण होइन, सधैँ हुन्छ भने त्यो समस्या हो, कारबाही गरिनुपर्छ, मैले जानेको यो १५ वर्षमा पहिलो पटक हो, विमानका पाङ्ग्रा ननिस्किएको, अहिलेसम्म मलाई थाहा छैन, सधैँ यस्तो किसिमको समस्या पनि आइरहँदैन, त्यसैले यसै समस्यालाई मात्रै लिएर कारबाही गर्नुहुँदैन ।’

अध्यक्ष मित्तलले अन्तर्राष्ट्रिय स्तरमा हेर्दा पनि विगत ५ वर्ष यता नयाँ जहाज दुर्घटना र समस्या आइरहेको बताए । एथ्री २० नियोमा इतिहासमै सबैभन्दा धेरै उड्दा उड्दै जहाजको इन्जिन बन्द हुने समस्या आएको बताउँदै अध्यक्ष मित्तलले नियमन निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने बताए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top