डेढ वर्षपछि यात्रुबाहक भारतीय गाडीलाई नेपाल प्रवेशको अनुमति

Share this
755shares

१५ असाेज, काठमाडौँ।

Advertisement

नेपाल सरकारले यात्रुसहितको भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ।

डेढ वर्षदेखि राेकिएकाे भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित शुक्रबारदेखि नेपाल प्रवेश दिइएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

Advertisement

कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । तर मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि  भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको हाे ।

विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काले नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार काटेर भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए ।

Advertisement

यात्रुहरुको नेपाल प्रवेशलाई सरकारले तोकेको कोभिड प्रोटकेकल (सावधानी शर्त) भने अनिवार्य गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top