थप १,०६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्‍यु

१५ असोज, काठमाडौं।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोले हाे।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ भने ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । यस्तै १० वर्ष मुनिका २९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top