×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राष्ट्रलाई कसरी अघि बढाउने भनेर सोच्ने बेला आएको छ : हिमानी शाह

१५ आश्विन २०७८

१५ असाेज, काठमाडाैँ ।

पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन् । शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन् ।

Advertisement
Advertisement

उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन् । युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तैर तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्ने बताइन् । उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन् । उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताइन् ।

पूर्व युवराज्ञी शाहले भनिन्, ‘नेपाली हुनुको नातालेअब समय आयो सबै एक भएर सोचौँ, मनन गरौँ कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौँ, आय आर्जनको लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सो मार्फत् युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्य मध्येको एक हो, यसको लागि नवीन परिवर्तनात्मक तौर तरिकाको खोज अन्वेषण आवश्यक छ, सम्पूर्ण नेपालीहरुलाई निश्चित समय भित्र कोरोनाविरुद्धको खोपको सुनिश्चित गर्न आवश्यक छ, कृषि क्षेत्रमा रहँदै आएका, किसनले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ, पर्यावरण सन्तुलनको लागि हरित प्रयोग, नेपाल र नेपालीको लागि स्थानीय लक्ष्य, नेपाली बन,नेपाली वस्तु किन भन्ने जस्ता नाराहरु आज अझ बढी यथार्थ भएको छ, मुलुकमा भइरहेको पृथबाहू, प्रतिभा पलायन र ज्ञान, सीप एवं क्षमताबीचको दूरी परिपूर्ण गर्नलाई हामी न त नजरअन्दाज गर्न सक्छौँ, न त यो स्थितीलाई सहेर बस्ने विलासिताको सुविधा नै हामीसँग बाँकी रहेको छ ।’

Advertisement

पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन् । उनले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताइन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top