पार्टीमा पुस्तान्तरणभन्दा पनि रूपान्तरण जरूरी छ: रामचन्द्र पौडेल

१५ असाेज, काठमाडाैँ ।

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा पुस्तान्तरणको बहस चले पनि त्योभन्दा महत्वपूर्ण पार्टी रूपान्तरण आवश्यक रहेको बताएका छन्।

तनहुँको आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यक्रममा उनले पार्टी लोकतन्त्रको मर्ममा चल्न नसकेको भन्दै रूपान्तरण आवश्यक भएको बताएका हुन् । उनले भने, ‘पार्टीमा पुस्तान्तरणको बहस भइरहेको छ तर हुनुपर्ने रूपान्तरणको हो।अहिले पार्टी कसरी चलिरहेको छ? यस्तो अवस्थामा रूपान्तरण चाहिएको हो कि पुस्तान्तरण?’

Advertisement

उनले पार्टी सही बाटोमा हिँडेको भए पुस्तान्तरणको बहस नै आवश्यक नहुने पनि बताए। उमेरले भन्दा पनि विचारले पार्टी सञ्चालन हुनुपर्ने उनको भनाइ थियो। पौडेलले भने, ‘जव रूपान्तरण हुन्छ, तब पुस्तान्तरणको बहस नै आउँदैन । त्यसैले आजको आवश्यकता रूपान्तरण हो , युवा साथीहरू भ्रममा नबस्नुहोला ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top