×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

जुम्ला घटनाको छानबिनमा डीआईजीको टोली

७ श्रावण २०७५
जुम्ला घटनाको छानबिनका लागि डीआईजीको टोली खटिएको छ । नेपाल प्रहरीले गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानबिनका लागि प्रदेश नम्बर ६ का डिआईजी सुुरेशविक्रम शाहको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको हो ।
समितिमा डिआईजी शाहसहित एसपी केदार रजौरे र डिएसपी चूडामणि बूढाथोकी सदस्य रहेका छन् । टोलीका संयोजक डिआइजी शाहले घटनाको सत्यतथ्य बुझेर प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाउने बताउँदै टोली अहिले जुम्लामा नै रहेको बताए ।
टोलीले बिहीबार भएको घटनाको वस्तुगत अवस्थाको विश्लेषण, गोली चले–नचलेको लगायतका विषयमा जानकारी लिनेछ । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई सरकारले उपचारका लागि जवरजस्ती काठमाडौं ल्याउन खोजेपछि अस्पताल परिसरमै केसी समर्थक र प्रहरीबिच झडप भएको थियो ।
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top