जनकपुरका निजी विद्यालयले तीन महिनाको शुल्क मिनाहा गर्ने

१६ असाेज, जनकपुरधाम ।

Advertisement

जनकपुरधामस्थित निजी विद्यालयहरुले तीन महिनाको विद्यालय शुल्क मिनाहा गर्ने भएका छन् । कोरोना संक्रमण त्रासका कारण भएको बन्दाबन्दीको समस्यालाई मध्यनजर गर्दै नीजि विद्यालयले विद्यार्थीहरुको वर्षभरी लाग्ने शुल्क मध्ये तीन महिनाको सम्पूर्ण शुल्क मिनाहा गर्ने भनिएको हो ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहको उपस्थितिमा निजी संस्थागत विद्यालयको छाता संगठनहरु प्याब्सन, एनप्याब्स तथा मधेश प्याब्सनका पदाधिकारीहरु सहभागी भएको बैठकले तीन महिनाको मासिक शुल्क, यातायात, छात्रावासलगायतको सबै शुल्क पुर्णतः मिनहा गरिएको निर्णय गरेकाे उपमहानगरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

असोज १० गते बसेको बैठकले गरेको निर्णय अनुसार विज्ञप्ति जारी गरिएको थियो । उक्त विज्ञप्ति अनुसार– ‘कोभिड –१९ दोश्रो चरणको लहरमा भएको बन्दाबन्दीले अभिभावकहरु मारमा परेको मध्येनजर गर्दै विद्यार्थीहरुको गत जेठ, असार र श्रावण महिनाको सम्पूर्ण शुल्क मिनहा गरिने भएकोछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top