माओवादी केन्द्रको स्थायी कमिटी वैठक बस्दै, मन्त्रीकाे नाम टुङ्गाे लगाउने

Share this
761shares

१६ असाेज, काठमाडौं।

Advertisement

सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) ३ बजे बैठक बस्न लागेको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम फाईनल गरिने र सार्वजनिक गरिने एक नेताले जानकारी दिए ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अध्यक्ष पुष्पकमल दाहालले आज मन्त्रीहरुको नाम दिने बताएका थिए । माओवादीबाट अहिले जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री छन् । अब माओवादीबाट चार जना मन्त्री बन्ने बताईएको छ ।

माओवादीबाट अहिले मन्त्री बन्नेहरुको चर्चामा देवेन्द्र पौडेल, अमनलाल मोदी, शिवकुमार मण्डल, हरिबोल गजुरेललगायतको नाम छ ।

Advertisement

त्यस्तै, आजको बैठकले अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्व पनि चयन गर्ने जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top