पोखरासँग पराजित हुँदै विराटनगर लिग चरणबाटै बाहिरियो

१६ भदाै, काठमाडौं ।

लगातार चौथो हारसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) को लिगबाटै बाहिरिएको छ । शनिबार पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर लिगबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा भएकाे खेलमा जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पोखराका असेला गुणरत्ने २४ बलमा ४ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहे । उनले  कप्तान करण केसीलाई छक्का प्रहार गर्दै जित पक्का गराए ।

ओपनर रिचार्ड लेभी २६ बलमा ४ चौका र ३ छक्का सहित ४७ रनमा क्याच आउट भए । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी. ले दोस्रो ओभरको दोस्रो बलमा रित गौतमलाई ५ रनमा फस्ट स्लिपमा हरि चौहानबाट क्याच आउट गराएका थिए । स्पिनर सिकन्द राजाको बलामा ठूलो सट खेलेका रचार्ड लेभी एज लागेर चौहानबाट क्याच आउट भएपछि अर्धशतक बनाउन चुकेका थिए । साहन आर्चाचिगेले ३६ बलमा ४ चौका र १ छक्का सहित ४३ रनमा क्याच आउट भए । विनोद भण्डारी १६ बलमा १५ रनमा अविजित रहे । विराटनगरका प्रतिश जि.सी, सिकन्द राजा र हरि चौहानले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । विराटनगरका युवा ओपनर आसिफ शेख सर्वाधिक ४४ रन बनाए । सन्दीप रजाली २२ बलमा २ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे । कप्तान करण केसीले तल्लोक्रममा ९ बलमा ३ छक्का सहित २४ रनमा अविजित रहे ।

ओपनर चन्द्रपाउल हेमराज चौथो खेलमा पनि चल्न सकेनन् । तीव्र गतिका बलर विक्रम सोबले पहिलो ओभरको अन्तिम बलमा हेमराज २ रनमा बोल्ड आउट हुन पुगेका थिए । दीलशान मुनाविरा ११ बलमा २ चौका र १ छक्का सहित १६ रनमा क्याच आउट भए । उनी सोबको पाँचौं ओभरको अन्तिम बलमा विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट हुन पुगेका थिए ।

युवा विकेटकिपर आसिफ शेख ११ औं ओभरको पाँचौं बलमा ४४ रनमा क्याच आउट भए । युवा बलर बलर विवेक यादवको बलमा ठूलो सट खेलेका आसिफ डिप मिडविकेटमा समातिन पुगेका थिए । आसिफले ३३ बलमा ६ चौका प्रहार गरे । सिकन्दर राजा २० बलमा १ चौका र ३ छक्का सहित २९ रनमा आउट भए । अनिल शाहले १९ बलमा १२ रन बनाए । पोखरा विक्रम सोबले सर्वाधिक २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक एक विकेट लिए ।

लिग चरणबाट बाहिरिने पक्का भएकाे विराटनगरले आइतबार काठमाडौंसँग खेल्ने छ भने पोखराले सोमबार काठमाडौंसँग खेल्ने छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top