आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी थालौं : प्रकाशशरण महत

१७ असोज, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउने गरी संगठन निर्माणमा लाग्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको नगर अधिवेशनको उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आमनागरिकको सेवामा लाग्नुपर्नेमा जोड दिएका हुन्।

Advertisement

सहमहामन्त्री डा महतले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बने पनि कांग्रेसले चाहेजस्तो काम गर्न नसकेको स्पष्ट पारे। अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकाले संविधान अनुरुप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

उनले कांग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान अनुरुप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आमनागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको भयबाट मुक्ति दिनेलगायत विषयमा काम गरिरहेको उनको भनाइ थियो।

Advertisement

क्रियाशील सदस्य नै कांग्रेसको जग भएकाले निरन्तर सक्रिय रहनसमेत कार्यकर्तालाई उनले आग्रह गरे। पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको उनको भनाइ थियो।

सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान हुँदै संविधानसभाबाट संविधान जारी गर्ने कार्य कांग्रेसको नेतृत्वमा नै सम्पन्न भएको उनले बताए। पार्टी र संस्थालाई केन्द्रमा राखेर कांग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top