एमाले विधान महाधिवेशनको अन्तिम दिन : पार्टी प्रवेशदेखि जवाफ दिनेसम्मका कार्यसूची

१७ असोज, काठमाडौं ।

नेकपा एमालेको विधान महाधिवेशन आज (आइतबार) समापन हुँदैछ।

६ हजारभन्दा बढी प्रतिनिधिका बीच शुक्रबार सुरु भएको महाधिवेशनको आजको पूर्ण सत्र बिहान ८ बजेदेखि नै सुरु हुने बताइएको छ।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसमाथि छलफलका लागि शुक्रबारै १० वटा समूह गठन गरिएको थियो।

१० मध्ये ५ समूहले शनिबार नै आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन्। शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा भएको छलफलको रिपोर्ट प्रस्तुत गरेका हुन्।

शनिबारै दिउँसो २ बजेपछि सुरु भएको पूर्ण सत्रमा अनुशासन आयोगका तर्फबाट अमृत बोहरा, लेखापरीक्षण आयोगका तर्फबाट पुष्प कँडेल र सल्लाहकार परिषद्को तर्फबाट केशव बडालले प्रतिवेदन पेस गरेका थिए। ती तीन वटै प्रतिवेदन शुक्रबार नै प्रस्तुत गर्ने कार्यसूची रहेको भए पनि समय अभावका कारण शनिबार मात्रै प्रस्तुत गरिएका हुन्।

आइतबार प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह र जनसंगठनहरुको समूहको तर्फबाट रिपोर्ट प्रस्तुत हुनेछ।

आजै बिहान ११ बजे पार्टी प्रवेश कार्यक्रम राखिएको छ। त्यसपछि खानाको समय हुनेछ। १ बजेपछि दस्तावेज प्रस्तुतकर्ता ओली, पोखरेल र पौडेलले जवाफ दिनेछन्। ४ बजे महाधिवेशन समापन गर्ने कार्यसूची राखिएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top