कांग्रेस महाधिवेशन : काठमाडौं महानगरपालिकाको मतदान आज

१६ असोज ७८, आइतबार

१७ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान आज (आइतबार) बिहान ९ बजेदेखि १ बजेसम्म हुने भएको छ।

यसअघि शनिबार महानगर पदाधिकारीमा सहमति हुन नसकेपछि निर्वाचन आजका लागि सारिएको काठमाडौं कांग्रेस जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। महानगरमा पदाधिकारीबाहेकका पदमा सहमति भएको जनाइएको छ।

Advertisement

अधिवेशनको शनिबार कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेका थिए। देशकै राजधानी रहेका कारण महानगरको अधिवेशनलाई कांग्रेस नेता कार्यकर्ताले चासोका साथ हेरेका छन्।काठमाडौं महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह– गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ।

पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट निलकाजी शाक्यबीच महानगरको सभापतिमा प्रतिस्पर्धा हुने भएको हो। विगतदेखि काठमाडौंमा तुलनात्मक रुपमा सिंहपक्ष बलियो रहँदै आएको छ। केन्द्रीय सदस्य तथा कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानको साथ लिएर देउवा पक्षले रञ्जितलाई उठाएको छ।

Advertisement

३२ वडा मध्ये अधिकांश वडा सभा सभापतिको समर्थन शाक्यलाई रहेको दाबी गरिएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top