×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इपीएलमा आज दुई खेल हुँदै

१७ आश्विन २०७८

१७ असोज, काठमाडौं ।

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछन्।

Advertisement
Advertisement

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स भिड्नेछन्।

काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ। २ खेलबाट २ अंक जोडेको काठमाडौं पाँचौं स्थानमा रहेको छ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ। प्रतियोगिताबाट बाहिरिसकेको विराटनगरले ४ खेलमा जित निकाल्न सकेको छैन।

ललितपुर र चितवनबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ।कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ। ललितपुर चौंथो स्थानमा रहेको छ ।

चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।

क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ।

Advertisement

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top