साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए

१६ असोज ७८, आइतबार

१७ असोज, एजेन्सी ।

Advertisement

साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन्। ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ।

त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रवासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन्।

Advertisement

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए। त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ। घाइतेहरुलाई यमनी अस्पतालमा पु¥याइएको छ।

उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top