एमालेको आधिकारिक लोगो परिवर्तन, अब सूर्य चिह्नभित्र हँसिया हथौडा

१७ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमालेको आधिकारिक लोगो परिवर्तन भएको छ। आइतबार उपमहासचिव विष्णु पौडेलले आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नयाँ लोगो सार्वजनिक गरेका हुन्।

यसअघि सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा ’सीपीएन यूएमएल’ लेखिएको र हँसिया हथौडासहितको लोगो थियो। सूर्य चिह्नभित्र रातो पृष्ठभूमि थियो।

Advertisement

नयाँ लोगोमा भने सूर्य चिह्नभित्र पँहेलो रङको हँसिया हथौडा छ। सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो नै यथावत् छ।

’पार्टीको आधिकारिक लोगो सूर्य चिह्नभित्र हुन्छ, रातो पृष्ठभूमिमा सुनौला रङको हँसिया हथौडा अंकित लोगो हुन्छ। यो लोगो हाम्रो आधारिक लोगो हुनेछ। महाधिवेशनबाट पारित लोगो हुनेछ’, पौडेलले भने।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top