अख्तियारले छापा मारेको विरोधमा जनकपुरमा जसपाको प्रदर्शन

१६ असोज ७८, आइतबार

१७ असोज, जनकपुर ।

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा प्रदर्शन गरेको छ।

आज (आइतबार) जनकपुरस्थित रेल्वे स्टेसनमा भेला भएका जसपाका नेताकार्यकर्ताले अख्तियारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागी भएकाहरूले राजनीतिक कारणले छापा मारेको आरोप लगाएका छन्।

मोटरसाइकल ¥यालीसहितको विरोध प्रदर्शनका सहभागीहरूले जनकपुरका विभिन्न भागको परिक्रमा गरेपछि पिडारी चोकमा विरोधसभा गरिएको थियो।

अख्तियारले छापा मारेको विषयमा जसपा आपत्ति जनाउँदै विरोधमा उत्रिन आह्वान गरेको थियो। त्यसपछि अख्तियारविरुद्ध प्रदेश २ मा प्रदर्शन हुँदै आइरहेको छ।

जसपाका युवा नेता जितेन्द्र यादवले प्रदेश सरकारको कार्यालयमा छापा मार्नु संघीयताविरोधी कार्य हो। संघीयता नरुचाउनेको इसारामा छापा मारिएको हो। यसको हामी प्रतिवाद गर्छौं ।’

साइकल खरिदमा अनियमितता आशंका गर्दै अख्तियारले बुधबार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो। अख्तियारले साइकल खरिद फायल नियन्त्रणमा लिएको थियो। जसपाले शनिबार साँझ जुलुस पनि निकालेको थियो।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top