विराटनगरस्थित भारतीय फिल्ड अफिस साउन १६ पछि हट्ने

विराटनगरस्थित भारतीय फिल्ड अफिस साउन १६ पछि हट्ने

विराटनगर, साउन ८
विराटनगरस्थित भारतीय दुतावासको फिल्ड अफिस अर्को साताबाट हट्ने भएको छ । फिल्ड अफिसले गर्दै आएको सबै काम साउन १६ अर्थात अगष्ट १ बाट पूर्णरुपमा बन्द हुने काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ ।

फिल्ड अफिसले गर्दे आएको नेपाल आउने भारतीय गाडीहरुका लागि अनुमति दिने, जन्म र मृत्यु रजिस्ट्रेशन लगायतका कागजपत्रको प्रमाणीकरण गर्ने काम अब काठमाडौंस्थित दूतवासबाटै हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो वैशाखमा भएको नेपाल भ्रमण लगतै भारतीय विदेश मन्त्रालयले विराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको थियो ।

२०६५ भदौ २ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि भारतीय भूमि प्रयोग गर्नुपर्ने नेपाली गाडीहरुका लागि अनुमति दिन यो कार्यालय विराटनगरमा खुलेको थियो । तर, काम सकिए पनि फिल्ड अफिस बन्द भएको थिएन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.