भारतबाट कोभिसिल्डको दशलाख मात्रा दुईहप्ता भित्र ल्याउने तयारी

१७ असोज ७८, आइतबार
Share this
662shares

१७ असोज, काठमाडौं ।

Advertisement

भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ ।

भारतको ठूलो खोप उत्पादक कम्पनी सिरम ईन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताए ।

Advertisement

दाहालका अनुसार उक्त खोप दुई हप्ताधित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको छ । उनले भने । ‘भारतले उपलब्ध गराउन बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने ओपचारिक जानकारी दिएको छ,दशैं अगाडि नै खोप ल्याउने तयारीमा हामी छौं ।’
नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो । जसमध्ये १० लाख डोज प्राप्त भैसकेको छ भने बाँकी खोप दिन भारतले ढिलाई गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top