‘क्विज मेनिया’को सिजन ७ नेपाल टेलिभिजनमा प्रसारण हुने

१७ असोज ७८, सोमबार

१८ असाेज, काठमाडौं।

‘क्विज मेनिया’को सिजन-७ नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ । नेपाल टेलिभिजन र प्रतियोगिता सञ्चालन गर्दै आएको एक्रेटिक मिडियाबीच आइतबार प्रसारण सम्झौता भएको छ ।

नेपाल टेलिभिजनका तर्फबाट महाप्रबन्धक फुलमान वल तामाङ र एक्रेटिक मिडियाबाट सीईओ हरि पोखरेलले सम्झौता आदान प्रदान गरे ।

‘क्विज मेनिया’को सिजन ६ सम्म निजी च्यालनमा प्रसारण भएकोमा सातौं सिजन नेपाल टेलिभिजनमा हुन लागेको हो । सिजन ७ मा एसियाली मुलुकका १७ देशको सहभागिता रहने छ ।

कार्यक्रममा महाप्रबन्धक वलले ‘क्विज मेनिया’मार्फत नेपाल टेलिभिजनको औपचारिक कार्यक्रममा प्रवेश गरेकाेमा अभिनेता राजेश हमाललाई स्वागत गरे । कार्यक्रमको क्वीज मास्टर राजेश हमाल छन् । महाप्रबन्धक वलले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमासमेत सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

एक्रेटिक मिडियाका सीईओ हरि पोखरेलले राष्ट्रिय च्यानलबाट ‘क्विज मेनिया’ प्रसारण हुन पाएकोमा खुसी व्यक्त गरे । २४ भागसम्म सञ्चालन हुने कार्यक्रम बुधबार साँझ ८:५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुनेछ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top