यातायात व्यवसायीको सडकमै गाडी तेर्साएर आन्दोलन, यात्रुलाई सास्ती

१८ असोज, काठमाडौं ।

भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डौमा गाडीसहित विरोध प्रदर्शन गरेका छन् । चक्रपथमा गाडी रोकेर व्यवसायीले प्रदर्शन गरेका हुन् ।

यसले गर्दा चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा नै बस तेर्स्याएर छोडेका छन् । यसले गर्दा यात्रुलाई सास्ती भएको छ भने काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

कोटेश्वर, चाबहिल, सुकेधारा,गौशाला क्षेत्रमा जाम छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पटक पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि वाग्मती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरुले विरोध प्रदर्शन गरेका बताए ।

यसअघि गएको साउन ७ गते पनि उनीहरुले चक्रपथमा नै गाडी तेर्स्याएर विरोध प्रदर्शनसहित र्याली निकालेका थिए । त्यतिबेला उनीहरुले कोभिडविरुद्धको खोप, भाडा समायोजन, ४० वर्ष पुगेका गाडीको अवधि थप, यातायातको बीमा छुट, नवीकरण र जरिबाना छुट लगायतका माग राखेका थिए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top