चौरजहारीमा किसानलाई पेन्सन

१७ असोज ७८, सोमबार

१८ असाेज, जाजरकोट ।

पहिलो पटक चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ। पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ। सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ ।

आव २०७७-७८ को निर्णयलाई चालू आवबाट कार्यान्वयनमा ल्याउन लागिएको हो। पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका प्रमुख विमल खड्काले बताए। उनले भने, “किसान पेन्सनका लागि चालू आवको पहिलो चरणमा रु पाँच लाख विनियोजन गरिएको छ, विभिन्न खेती, कृषिबाली र पशुपालनमा लागेका किसानलाई पेन्सन दिने योजना बनाएका छौँ ।”

त्यसका लागि व्यक्तिगत वा भाडाको जग्गामा कम्तीमा तीन रोपनी व्यावसायिक तरकारीखेती, पुष्पखेती वा नर्सरी स्थापना गरेको हुनुपर्नेछ । खाद्यान्न तथा तरकारीको बीउ उत्पादन गर्ने किसानले पाँच रोपनी जग्गामा खेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै, पाँच रोपनीमै आँप, लिची, केरालगायत फलफूलखेती गरिरहेका किसान पनि पेन्सनका लागि योग्य मानिने कार्यविधिमा उल्लेख छ। पच्चीस माउ भेडा वा बाख्रा पालेका, कम्तीमा तीन दूध दिने भैँसी वा उन्नत जातका गाई पालेका किसानले पनि पेन्सनका लागि निवेदन दिनसक्ने नगरपालिकाले जनाएको छ ।

पाँच सय लेयर्स वा ब्रोइलर, १०० लोकल कुखुरा, कालिज, टर्की वा २५० बट्टाई पालेका किसानलाई पनि पेन्सनका लागि योग्य मानिएको छ। निरन्तर पाँच वर्षदेखि व्यावसायिक कृषिमा संलग्न किसान पेन्सनमा छनोट हुने नगर प्रमुख विशाल शर्माले बताए। यसका लागि चौरजहारीको स्थानीय बासिन्दा भने हुनुपर्नेछ ।

प्रमुख शर्माले भने, “व्यावसायिक कृषिमा लागेका किसानलाई सधैँभरि पेन्सनको परिकल्पना गरेर कार्यक्रम अघि बढाइएको हो, पेन्सनबापतको रकम हरेक चौमासिकमा किसानको खातामा जम्मा हुनेछ।” पेन्सनबापत दिइने रकम जम्मा हुनुअघि व्यवसाय निरन्तर गरे-नगरेको अनुगमन गरेर मात्र सो पैसा खातामा जानेछ। व्यवसाय छाडेको खण्डमा भने पेन्सन रोक्का गरिनेछ । रासस

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top