एमालेमा मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ : प्रचण्ड

Share this
708shares

१८ असाेज, काठमाडौं।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा विचार नभएको बताए। सोमबार नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एमालेमा अहिले विचार, सिद्धान्त केही नभएकाे त्यही सूर्य चिह्न मात्र भएको बताएका हुन्।

उनले भने, ‘एमालेमा अहिले विचार-सिचार, सिद्धान्त छैन। त्यही सूर्य चिह्न एउटा छ। मदन भण्डारी भन्ने छन्। जबज छ। अहिले मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोजिएको छ ।’

Advertisement

प्रचण्डले एमालेमा विचारमा बहस नहुने बताउँदै त्यहाँ सबैले आफ्नो पद र प्रतिष्ठाको लागि काम गर्ने गरेको र त्यही स्वार्थका लागि मिल्ने गरेको उनको भनाइ छ।

उनले भने, ‘मिलेन भन्थे, तर हामीलाई झुक्याएछन्। एकथरी थिए नि यी दोस्रो तहका भनिएका, यी त अलि बौद्धिक रहेछन्, विचारमा सोच्दारहेछन् भनेर धेरै अगाडिदेखि आशा गरियो। नारायणकाजी र मैले तिनीहरुसँग धेरै मेहनत गर्‍यौं। केको हुन्थ्यो? पछि त तिनका विचार-सिचार सिद्धान्त सबै त्यही विज्ञापनमा, आत्मसमर्पणमा सकियो।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top