बुद्ध एयरले भन्याे- जहाजमा प्राविधिक समस्या थिएन, अतिरञ्‍जित गरियो

१८ असाेज, काठमाडौं ।

Advertisement

बुद्ध एयरले काठमाडौंबाट विराटनगरका लागि उडेको र त्यहाँ अवतरण गर्न नसकी काठमाडौं फर्किएको आफ्नो जहाजमा कुनै खराबी नभएको प्रष्ट्याएको छ।

११ असोजमा भएकाे साे घटनापछि आएका विभिन्न टिकाटिप्पणीबारे बुद्ध एयरले स्पष्ट पारेको हो। बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबार यात्रुहरुको हितमा जारी गरेको सूचनामा कुनै निहित स्वार्थ बोकेकाहरुले नकारात्मक सूचना फैलाइरहेको बताइएको छ।

Advertisement

बस्नेतले भनेका छन्, ‘सो जहाजबारे अध्ययन गरिएको प्रारम्भिक रिर्पोट नागरिक उड्ड्यन प्राधिकरणमा सोहि दिन बुझाएका थियौं। त्यसबेला सो जहाजमा प्राविधिक समस्या नभएको भनिएको थियो। ‘

बुद्धले आफ्ना जहाजहरु ठिक अवस्थामा रहेको दावी गरेको छ। ११ असोजमा काठमाडौंबाट विराटनगरका लागि उडेको ७६ जना यात्रु सवार बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुन: काठमाडौं फर्काइएको थियो।

Advertisement

ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगर विमानस्थलमा जहाज अवतरण हुन सकेको थिएन। त्यहाँ अवतरण हुन नसकेपछि काठमाडौंमा ‘नर्मल’ अवतरण गरिएको थियो।

बुद्धएयरले सोमबार नागरिक उड्डयन प्राधिकरणलाई आन्तरिक जाँचबुझको रिपोर्ट बुझाएको छ। उक्त जहाजमा केही खराबी नभएको रिपोर्ट बुझाएको बुद्धएयर स्रोतले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top