Nepal Times
Nepal Times
3
Shares

फिल्म शुटिङका लागि बलिउडका तीन कलाकार काठमाडौंमा

फिल्म शुटिङका लागि बलिउडका तीन कलाकार काठमाडौंमा

१८ असाेज, काठमाडौं ।

फिल्म छायांकनका लागि बलिउड कलाकारहरू अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । आज बिहानको फ्लाइटमा यी कलाकारहरू नेपाल आएका हुन् ।

कलाकार खेरले ट्विटरमार्फत फिल्म ‘उचाइ’को छायांकनका लागि काठमाडौं आइपुगेको जानकारी दिएका छन् । उनले नेपालमा छायांकन हुने यो चलचित्र उनको करियरको ५२०औं चलचित्र रहेको बताएका छन् ।

फिल्म उचाइको टोली करिब ४० दिन नेपालमा रहने बताइएको छ । सुरुज वर्जत्यको निर्देशनमा निर्माण हुन लागेको उचाइमा अभिनेता अमिताभ बच्चन र डेनी डेनजोङपाको अभिनय रहने भए पनि उनीहरु भने आइपुगेका छैनन् ।

भोलिदेखि काठमाडौँबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा सुटिङ गरिने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.