श्रीलंकालाई पराजित गर्दै नेपाल शीर्षस्थानमा

१९ असाेज, काठमाडौं।

साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएकाे खेलमा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो ।

पहिलो हाफमा सुमन लामा र दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले नेपालका लागि गोल गरे । श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोल गरे ।

Advertisement

खेलको ३० औं मिनेटमा नेपालले सुमन लामाको गोलमा अग्रता लियो । नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए ।

५२ औं मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर पार्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुष घलानले बायाँ विंगमा दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रबाट दिएको कटब्याकमा नवयुगको पहिलो प्रहार सफल भएन । उक्त प्रहारपछि आएको रिबाउन्डमा अन्जनले सहजै गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो । ६२ औं मिनेटमा काभिन्दुले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार गौतम श्रेष्ठले छेक्दै नेपालको लागि खतरा टारेका थिए ।

८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए । आयुषले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३-१ ले अघि बढाएका थिए । इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाएको थियो । डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काएका थिए ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माल्दिभ्सविरुद्ध पहिलो खेलमा जित हासिल गरेको टोलीबाट २ परिवर्तन गरेका थिए । प्रशिक्षक अलमुताइरीले पहिलो खेलको तुलनामा आक्रामक परिवर्तन गर्दै दीनेश राजवंशी र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई टोलीमा समेटेका थिए ।

गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा डिफेन्समा अनन्त तामाङलाई रोहित चन्दले साथ दिए । पछिल्लो खेलझैं गौतम श्रेष्ठ र सुमन अर्याल निरन्तर विंगब्याकमा रहे । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङले विशाल राईको साथ दिएका थिए । आक्रमणमा अन्जन विष्ट र नवयुग श्रेष्ठसँगै सुमन लामा अग्रपंक्तिमा थिए ।

दोस्रो हाफमा विशाल राईको स्थानमा आयुष घलान मैदान प्रवेश गरेका थिए । ६४ औं मिनेटमा सन्तोष तामाङ र मनिष डाँगीले सुमन लामा र नवयुग श्रेष्ठको स्थान लिएका थिए । खेलको ८४ औं मिनेटमा अन्जन विष्टको स्थानमा सुजल श्रेष्ठ मैदान प्रवेश गरेका थिए । इन्ज्युरी समयमा मनिष डाँगीको स्थानमा दीनेश राजवंशी मैदान प्रवेश गरेका थिए ।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top