दशैंको मुखमा बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती

१८ असोज ७८, मंगलबार

काठमाडौं: दशैं नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्री वितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।

बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्किएपछि दशैंको मौका छोपी व्यापारीले नयाँ म्याद राखेर सामान बिक्री गर्ने गरेको पाइएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईका अनुसार खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, चिउरा, भुजियालगायतका खाद्यवस्तु र पेयपदार्थ छन् । पेय पदार्थमा रिएलजुस कोकोकोला फ्यान्टा, बोटलको पानी लगायतको म्याद नाघेका पाइन्छ । दशैंको मौका छोप्दै व्यापारीहरूले सही म्याद नाघेका खाद्य सामग्रीलाई व्यापारीले उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्ने गरेका छन् ।

म्याद नाघेका खाद्य सामग्री बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कानुनी कारबाही गर्ने अधिकार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई छ । विभागको अनुगमन निरीक्षण अधिकृतलाई कुनै व्यापारीले खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता गरी व्यापार व्यवसाय गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम तत्काल ५ हजारदेखि ३ लाख जरिमाना गर्न सक्ने अधिकार छ भने तीन महिनादेखि एक वर्ष कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिमाना वा दुवै सजाय गर्न सक्ने अधिकार छ ।

विभागले सोही कानुनी अधिकारको प्रयोग उपभोक्ता झुक्याएर उनीहरूको स्वास्थ्यमा खेलबाड गर्ने व्यापारीलाई कारबाही गर्ने गरेको विभागका प्रवक्ता सेढाईले जानकारी दिए । उनले साउन भदौ दुई महिना कानुनविपरीत व्यापार गर्ने २ सय ४ व्यापारीलाई कारबाही २१ लाख ३७ हजार रुपैयाँ जरिवाना गराएको बताए । उनले साउन महिनामा ७० व्यापारीलाई कारबाही गरेको र भदौमा १ सय ३४ व्यापारीलाई कारबाही गरेको जानकारी दिए ।

उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बजारमा म्याद गुज्रिएका र लेबलिङ नगरेका खाद्य सामान पसल पसलमा पाइने गरेको बताए । ‘सरकारले म्याद गुज्रिएका र लेबलिङ नगरेका खाद्य वस्तु व्यापारीले बिक्री गरेको पाएको खण्डमा तत्काल नष्ट गर्नुपर्ने हुन्छ,’ मञ्चका अध्यक्ष तिमल्सिनाले भने, ‘तत्काल नष्ट नगर्दा सो सामान व्यापारीले नयाँ लेबलिङ गरेर उपभोक्तालाई झुक्यार बिक्री वितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको देखिएको छ ।’ व्यापारीले सधैं जस्तो दशैंको मौका छोपी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने गरेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top