शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन

१८ असोज ७८, मंगलबार

काठमाडौं: चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा शुल्क वृद्धि गरी द्विविधा उत्पन्न गरेको भन्दै काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नासम्बन्धी सबै कार्यक्रम स्थगन गरेको छ ।

विश्वविद्यालयका म्यानेजर दीपक दाहालले आइतबार सूचना प्रकाशित गरी आयोगले विदेशी विद्यार्थीको हकमा एमबिबिएसमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नै शुल्कमा एकरूपता कायम नगरी द्विविधा उत्पन्न गराएको भन्दै सबै भर्ना स्थगन गरेको जानकारी दिए ।

साथै नर्सिङमा समेत शुल्क वृद्धि गरी अन्योलको वातावरण कायम गरेको हाललाई कुनै पनि विषयमा भर्ना लिन सक्ने अवस्था नरहेको सूचनामा उल्लेख छ । केयुले स्नातक तहको एमबिबिएस, बिडिएस, बिपिटी, बिएस्सी नर्सिङ, बिएन, बिएमआइडी, बिएस्सी एमआइटी र बिएस्सी ल्याब एमइडीको भर्ना स्थगन गरेको दाहालले जानकारी दिए ।

आयोगले असोज १५ गते सबै विश्वविद्यालयका नाममा सूचना जारी गरी शैक्षिक सत्र २०७७ / ७८ का लागि गत वर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमहरूको शुल्क यथावत् राखी विदेशी विद्यार्थीका हकमा समेत विश्वविद्यालय र प्रतिष्ठानहरूले लिई आएको नेपाली विद्यार्थीको शुल्कमा १.६ गुणाले हुन आउने शुल्क लिनू भनी निर्देशन दिएको थियो ।

आयोगले तोकेको शुल्कअनुसार शैक्षिक सत्र २०७७ / ७८ का लागि एमबिबिएसमा ४० लाख, २३ हजार २ सय ५० हो । यसमा १.६ ले गुणा गर्दा विदेशी विद्यार्थीको हकमा ६४ लाख ३ हजार ७ सय २० हुन आउँछ । तर, त्रिविको चिकित्सा शासत्र अध्ययन संस्थान (आइओएम) डिन कार्यालयले विदेशी विद्यार्थीका हकमा ९० हजार १६ अमेरिकी डलर तोकेर एक तिहाइ रकमबराबर ३० हजार ५ हिमालयन बैंकमा दाखिल गर्न सूचना जारी ग¥यो ।

साथै बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानले समेत विदेशी विद्यार्थीको शुल्क ७४ हजार ५ सय ५५ अमेरिकी डलर तोकेर भर्नाको समयमा २५ हजार ४ सय ४० अमेरिकी डलर शुल्क तिर्न सूचना जारी गरेपछि शुल्क विवाद सुरु भएको हो ।

‘केयुले आयोगले तोकेको शुल्क ६४ लाख ७ सय २० रुपैयाँमै विदेशी विद्यार्थी एमबिबिएसमा भर्ना लिने कार्य सुरु गरेको थियो,’ म्यानेजर दाहालले भने, ‘तर आइओएमले उही विषयमा एक करोडभन्दा माथि र बिपीले ८७ लाख बढी शुल्क असुली गर्दा आयोग मूकदर्शक बनेको छ ।’ उनले थपे, ‘नेपालभित्रै एउटै विषयमा आयोगले तोकेको शुल्कभन्दा विभिन्न विश्वविद्यालय र प्रतिष्ठानहरूबीच शुल्कमा एकरूपता नभएका कारण हामीले भर्ना स्थगन गरेका हौं ।’

साथै आयोगले बिएसस्सी नर्सिङमा २०७८ वैशख २९ गते तोकेको शुल्क ७ लाख ५० हजार पछि जानकारी नै नदिई १० लाख बनाई अन्योल बढाएको म्यानेजर दाहालले जनाए । ‘आयोगले कसैलाई थाहै नदिई २०७८ असार २ गते अर्को सूचना जारी गरी १० लाखमा वृद्धि गरेको हामीलाई कुनै पत्राचार नै छैन,’ दाहालले भने, ‘अब आयोगले शुल्कमा एकरूपता कायम गरेपछि मात्र केयुले भर्ना खोल्ने छ ।’

आयोगका सदस्य सचिव डिल्ली लुइँटेलले केही त्रुटिका कारण शुल्कमा अन्योल हुन गएको बताए । उनले आयोगले सबै विश्वविद्यालय र प्रतिष्ठानमा एकरूपता कायम गर्न शुल्क तोकेको समेत दाबी गरे ।

‘त्रिवि आइओएमले त्रुटिवश सार्क बाहिरको शुल्क ९० हजार अमेरिकी डलर लेखेर सूचना प्रकाशित गरेको हामीले सोमबार शिक्षा मन्त्रालयमा छलफल गर्दा थाहा पायौं,’ सदस्य सचिव लुइँटेलले भने, ‘नर्सिङका हकमा पनि बढेको शुल्कबारे सबैलाई पत्राचार गरेका छौं । केयुलाई छुटाएको होइन,’ उनले थपे, ‘केयुलाई त्रुटिवश आयोगले छुटाएको भए पुनः पत्रचार गरिन्छ । हल छात्रावृत्तिको भर्ना हो । सशुल्क भर्ना त बाँकी नै छ ।’,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top