×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘उपचारका लागि टिकट काट्ने पैसा थिएन, झाडापखालाले घरमै प्राण गयो’

२० आश्विन २०७८

२० असोज, कपिलवस्तु ।

कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका ४८ वर्षीय रामप्रसाद केवट दिउँसो ४ बजे शौच गए । घरमा शौचालय नभएकाले उनी गाउँ नजिकैको खेतमा पुगेका थिए । चारपटकसम्म पातलो दिसा भयो ।

Advertisement
Advertisement

दैनिक ज्याला मजदुरी गर्ने केवटले त्यो दिन काम पाएका थिएनन् । काम नभएपछि उनी घरमै थिए । राति ९ बजेपछि उनको स्वास्थ्यमा झन थप समस्या आउन सुरु भयो । पातलो दिसासँगै बान्ता पनि भयो । झाडा बान्ताका कारण केवटले उपचार नपाइ ज्यान गुमाए ।

केवटको घरदेखि शिवराज अस्पतालको दूरी करिब ३ सय मिटर छ । कृष्णनगर नगरपालिकाबाट सञ्चालित अस्पतालमा उपचारका लागि धेरै खर्च पनि लाग्दैन ।

२० रुपैयाँमा इमरजेन्सी टिकट काटेर उपचार गर्न सकिन्थ्यो । तर, केवट परिवारसँग टिकट काट्ने पैसासमेत थिएन । पैसा नभएपछि केवटका पत्नी दुखनाले अस्पताल जाने आँटसम्म गरिनन् । राती ११ बजे उनले घरमै प्राण गुमाए ।

‘अस्पतालमा लाग्ने टिकट काट्न पैसा थिएन । पैसा नभएपछि उपचार गराउन जान सकिन । दाह संस्कार गर्नसमेत छिमेकी वमन सिंहले कफन किनेर दिएका हुन्,’ दुखना भन्छिन् , ‘घरमा अरू कसैलाई केही भएको छैन ।

४ बजे समस्या देखिए पछि ९ बजे सम्म ठिकै हुनु हुन्थ्यो । झाडापखालाको कारणले आफ्नो पति गुमाउँछु भन्ने लागेको थिएन । टिकट काट्न २० रुपैयाँ भएको भए अस्पताल पुराउँथे होला । ’

अति विपन्न केवट एक पत्नी तीन छोरा र दुई छोरीसहित सानो झुप्रोमा बस्दै आएका थिए । इँटा माथि इँटा खप्टाएर त्रिपालको छानो भएको उनको घर छ । रामप्रसादको मृत्यु भएपछि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले ३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आर्थिक अवस्था अति न्यून भएको कारणले उनका छोराछोरीले स्कुल देखेनन् । भारत बस्दै आएका जेठा छोरो कोरोनाको कारणले रोजगारी गुमेपछि नेपाल बस्दै आएका छन् ।

माइलो छोरा तीन दिनदेखि स्थानीय प्लाई उद्योगमा काम गर्न लागेका छन् । कान्छी छोरीले घरमा पालेका बाख्रा चराउने काम गर्थिन् । तर केही महिना अघि पाँचवटै बाख्रा मरे ।

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top