‘आँखालाई माया गरौँ’ भन्ने मुल नारासहित विश्व दृष्टि दिवस मनाइने

२० असाेज, काठमाडाैँ ।

नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ गरेको छ । बुधवार काठमाडौंका एक कार्यक्रम गर्दै संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ भएको घोषणा गरेको हो ।

यस पटकको विश्व दृष्टि दिवस आँखालाई माया गरौँ भन्ने मुल नाराका साथ मनाउन लागिएको छ । कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले संघको अबको योजना भनेको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर वडा स्तरसम्मै आँखाको सेवालाई प्रभावकारी बनाउने बताए । उनले वडास्तरमा र दुर्गम जिल्लाहरुका नागरिक, महिला र सीमान्तकृत वर्गहरुलाई आँखाको सेवा पुर्याउनका लागि योजना बनाएर अघि बढ्ने बताए । उनले संघले हरेक पालिकामा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य संघले राखेको भन्दै हरेक जिल्लामा स्थायी रुपमै आँखा उपचार केन्द्र स्थापना गरेको बताए ।

Advertisement

कार्यकारी निर्देशक मिश्रले भने, ‘नेपालमा भारत, बंगलादेश, भुटान लगायतका अन्य मुलुकबाट पनि आँखा जाँच र शल्यक्रिया गर्न आउने गरेका छन्, अबको संघको योजना भनेको वडा स्तरमै आँखा उपचार केन्द्र लैजाने र सेवा प्रदान गर्ने हो हामीले त्यो गरिरहेका पनि छौँ, अब स्थानीय, प्रदेश सरकारसँग मिलेर हामी वडा स्तरमा आँखाको सेवालाई अघि बढाउँछौँ, जनचेतनाका कार्यक्रम गर्छौं, हरेक पालिकामा उपचार केन्द्र खोल्ने हाम्रो योजना छ, अबको फोकस महिला, बालबालिका, सीमान्तकृत वर्गहरु र दुर्गम जिल्लाका जनताहरुलाई आँखाको सेवा दिने रहनेछ, हामीले २२ वटा आँखा अस्पताल, १२८ वटा उपचार केन्द्र र ४२ वटा जिल्लाशाखाको माध्यमबाट हामी आँखाको सेवा दिइरहेका छौँ ।’

विश्व दृष्टि दिवस सन् १९९८ देखि विश्वभर मनाइँदै आइएको छ । संसारमा विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबरको दोस्रो बिहीवार मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २२० करोड मानिसहरुमा दृष्टिदोषको समस्या रहेको छ भने ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ । त्यस्तै १०० करोड जनता अझै पनि सेवाको पहुँच बाहिर रहेका छन् । त्यस्तै दृष्टिबिहीनहरुमध्ये ६५ प्रतिशत मानिस ५० वर्ष उमेर समूहभन्दा माथिका रहेका छन् । नेपालमा पनि शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचका कारण दृष्टिहीनताको स्थिती अझै प्रमुख स्वास्थ्य समस्या रहँदै आएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top