दुई दर्जन परिवार चार दशकदेखि लालपुर्जाविहीन

दुई दर्जन परिवार चार दशकदेखि लालपुर्जाविहीन

तेह्रथुम, साउन १०
तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारेका दुई दर्जन बढी स्थानीयले ४३ वर्षदेखि आफू बसेको जग्गाको धनीपूर्जा पाउन सकेका छैनन । घरहरुको जग्गा धनी पुर्जा नभएपछि आफूहरु सुकुम्बासी भएको भन्दै बजारबासीले स्थानीय सरकारसँग जग्गा धनीपुर्जा दिन माग गरेका छन् ।

०३१ साल फागुन १२ गते तत्कालीन राजा बीरेन्द्रको शुभराज्यभिषेकको अवसरमा तत्कालीन हमरजुङ गाउँ पञ्चायतका प्रधानपञ्च विष्णुलाल भट्टराईले शिलान्यास गरेर वसाएको सो बजारमा केही जग्गाधनीको मात्र आफ्नो घर घरेडीको प्रमाण पुर्जा रहेको बजार व्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीले वताए ।

बजारबासीले भोग चलन गरेको चार दशक वित्न लाग्दा पनि आफ्नो जग्गाको सिमाना समेत कसैलाई थाहा नहुने समस्या रहेको छ । संघीय सरकारले बजारबासीको मागलाई सुनुवाई नगरे पछि यहाँका बजारबासी निराश हुन थालेका छन् ।

छथर गाँउपालिकाको केन्द्रको रुपमा रहेको यो शुक्रबारे बजारमा अहिले २ सय ५० को हाराहारीमा घर बनी सकेका छन । जसमध्ये दुई दर्जन बढी पक्की घर लालपुर्जा विहिन बनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.